एभरेष्ट बैंक र ओम अस्पतालबीच विशेष छुट प्रदान गर्ने सम्झौता



काठमाडौं । एभरेष्ट बैंक र ओम अस्पताल चाबहिलबीच बैंकका ग्राहकलाई विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ । यससँगै बैंकका सम्पूणर् ग्राहकले उक्त अस्पतालको विभिन्न सेवामा १० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् ।

बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र अस्पतालका प्रमुख कार्यकारी अधिकृत यमबहादुर महतद्वारा हस्ताक्षरित सम्झौता लागू भएसँगै बैंकका सम्पूणर् ग्राहक, कार्ड प्रयोगकर्ता साथै कर्मचारी तथा तिनका परिवारका सदस्यले उक्त अस्पतालबाट आईपीडी- डायग्नोस्टिक्स, फार्मेसी र फिजिओथेरापीमा १० प्रतिशतसम्म तथा दन्त सेवामा ५ प्रतिशतसम्मको छुट लिन सक्नेछन् ।

कार्यक्रममा बैंकका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्पराज उप्रेती, बजार अधिकृत एलिना कार्की तथा अस्पतालका व्यापार प्रवर्धन प्रबन्धक विनोद अधिकारीलगायतको उपस्थिति थियो ।

स्थापना कालदेखि नै ग्राहकको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १३ लाख सन्तुष्ट ग्राहक छन् । बैंकले देशभरका १२७ शाखा, ३ एक्सटेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय र १६२ एटीएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट बैकिङ सुविधा प्रदान गर्दै आएको छ । बैंकले नेपाल सरकारको राजस्व संकलनका लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ ।


रवि धिताल