नेप्से परिसूचकमा १९.४२ अंकको गिरावट



काठमाडौं । सोमबार उच्च अंकले बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज १९ अंकको गिरावट आएको छ ।

आज नेप्से परिसूचक १९ दशमलव ४२ अंकले घटेर एक हजार नौ सय ६७ दशमलव ४२ अंकमा झरेको हो ।

आज दुई सय ७६ कम्पनीको ३९ लाख १६ हजार एक सय ६१ कित्ता सेयर २६ हजार तीन सय दुई पटक खरिद-बिक्री हुँदा एक अर्ब १३ करोड ५० लाख ५७ हजार पाँच सय १५ रुपैयाँबराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

म्युचुअल फन्ड समूहको उपसूचक शून्य दशमलव ०४ प्रतिशतले बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै होटल तथा पर्यटन समूहको उपसूचक एक दशमलव ९८ प्रतिशत र वित्त समूहको उपसूचक एक दशमलव ९२ प्रतिशतले घटेको छ ।

बैंकिङ समूह शून्य दशमलव ४३, विकास बैंक एक दशमलव ४४, जलविद्युत् एक दशमलव ५६, लगानी एक दशमलव ३१ र जीवन बीमा समूह शून्य दशमलव ९९ प्रतिशतले घटेको छ ।

त्यसैगरी, उत्पादन तथा प्रशोधन एक दशमलव ०८, लघुवित्त एक दशमलव ४०, निर्जीवन बीमा एक दशमलव ४०, व्यापार शून्य दशमलव ७८ र अन्य समूहको उपसूचक शून्य दशमलव २४ प्रतिशतले घटेको छ ।

सबैभन्दा धेरै शुभम् पावर लिमिटेडको सेयर मूल्य आज नौ दशमलव ९९ प्रतिशतले बढेको छ । थ्री स्टार हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै नेपाल एसबिआई बैंक लिमिटेडको सात करोड ५६ लाख १८ हजार नौ सय २० रुपैयाँबराबरको दुई लाख २४ हजार नौ सय ४४ कित्ता सेयर किनबेच भएको छ ।


रवि धिताल