एलजीका उत्पादन खरिद गर्दा नगद र उपहार



काठमाडौं । नेपालको सबैभन्दा धेरै बिक्री हुने ब्रान्ड एलजीले दसैं र तिहारका लागि नयाँ वर्ष अभियान ‘शुभसाइत दसैं तिहार घर भित्रिन्छन् नगद र उपहार’ सार्वजनिक गरेको छ । यो अभियानले एलजीको कुनै पनि उत्पादन खरिद गर्दा आकर्षक क्यासब्याक र ग्यारेन्टी उपहार प्रदान गर्ने कम्पनीले जनाएको छ ।

यो योजनाअन्तर्गत एलजीका लागि नेपालको आधिकारिक वितरक सिजी इलेक्ट्रोनिक्सले एलजी होम इन्टरनेन्मेन्ट र विभिन्न उपकरण खरिद गर्दा ४० प्रतिशतसम्म क्यासब्याक र ग्यारेन्टी उपहारहरू उपलब्ध गराएको छ । ग्राहकले एलजीका सबै उत्पादनमा विशेष मूल्यमा बिनालागत ईएमआई प्राप्त गर्न सक्छन् र एक्सचेन्ज अफरको मजा लिन पनि सक्छन् ।

ग्राहकले एलजी लोयल्टी क्लब रिवार्ड कार्यक्रममा दर्ता गरी भिभान्त होटलमा २५ प्रतिशतसम्म छुट पनि प्राप्त गर्न सक्ने जारी विज्ञप्तिमा उल्लेख छ ।

यस योजनाअन्तर्गत ग्राहकले के सुविधा पाउन सक्छन् ?

– एलजी साइड बाई साइड र फ्रेन्च डोर रेफ्रिजरेटरको खरिदमा माइक्रोवेभ ओभन/एयर फ्राइर

– एलजी डबल डोर रेफ्रिजरेटरको खरिदमा मिक्सर ग्राइन्डर वा ग्यास चुलो,

– एलजी डबल डोर फ्रिज (जीएलके२९२एसएलटीएल बाहेक) को खरिदमा फ्यान र कुलर र उपहार बक्स

– सिंगल डोर फ्रिजमा क्यासब्याक

– माइक्रोवेभ ओभनको खरिदमा माइक्रोवेभ किट

– एलजी फ्रन्ट लोड वासिङ मेसिन (१० किलो र माथि) को खरिदमा इन्डक्सन कुकर

– ९ किलोसम्मको एलजी वासर र वासर ड्रायरको खरिदमा डिटर्जेन्ट पाउडर

– टप लोड ट्विन टबको खरिदमा ४ लिटर एरियल म्याटिक लिक्कइड

– एलजी डिसवासरको खरिदमा डिसवासर किट

– एलजी भ्याकुम क्लिनरको खरिदमा चपर

– एलजी एयर प्युरिफायरको खरिदमा एयर फ्राइर

साथै, यो अवधिभित्र एलजीको टिभी खरिद गर्ने उपभोक्ताले थप एक वर्षको वारेन्टीसमेत पाउने विशेष योजना पनि कम्पनीले ल्याएको छ । नयाँ वर्षको अफरले एलजी स्प्लिट रेसिडेन्सियलर फ्लोर स्ट्यान्डिङ र क्यासेट एयर कन्डिसनर खरिद गर्दा निःशुल्क इन्स्टलेसन पनि प्रदान गरिएको छ । यो अभियान भदौ २५ देखि नेपालभर सीमित अवधिका लागि लागू हुने कम्पनीले जनाएको छ ।


रवि धिताल