मधेस प्रदेश सांसद बिन्दुकुमारी यादवको निधन



काठमाडौं । मधेस प्रदेश सांसद बिन्दुकुमारी यादवको निधन भएको छ । जनता समाजवादी पार्टी (जसपा) को समानुपातिक कोटाबाट प्रदेश सभा सदस्य बनेकी यादवको आज बिहान निधन भएको हो ।

मंगलबार बिहान ८ बजेर ५ मिनेटमा उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा उनको निधन भएको जसपाले जनाएको छ ।

सांसद यादवको पार्थिव शरीर अहिले पार्टीको प्रादेशिक कार्यालयमा राखिएको छ । पाठेघरको मुखको क्यान्सरबाट पीडित उनी लामो समयदेखि उपचाररत थिइन् ।

सांसद यादव सर्लाहीको कविलासी नगरपालिका सिर्सियाकी हुन् ।


रवि धिताल