पत्रकार तथा साहित्यकार राजेन्द्र पराजुलीको निधन



काठमाडौं । पत्रकार तथा साहित्यकार राजेन्द्र पराजुलीको निधन भएको छ ।

न्युमोनियाको लक्षण देखिएपछि उपचाकार लागि अस्पताल भर्ना भएका पराजुलीको उपचारकै क्रममा निधन भएको छ ।

पराजुलीका दर्जनौं साहित्यक कृतिहरु प्रकाशित छन् । उनको अघोरी, कोटेश्वरको केटो, शुक्रराज शास्त्रीको चस्मा, भ्रष्ट समवेदना अनायिका, सपनामा माक्र्स, जाडोमा भोक, विकल्प लगायतका कृतिहरु प्रकाशित छन् ।

पराजुलीको आज पशुपति आर्यघाटमा दाहसंस्कार गरिने परिवार स्रोतले जनाएको छ ।


रवि धिताल