अर्घाखाँचीमा ६५ करोड बजेट फ्रिज

105
Shares

अर्घाखाँची । अर्घाखाँचीमा सङ्घीय तथा प्रदेश सरकारबाट प्राप्त भएको पुँजीगत र चालुतर्फको बजेटमध्ये रु ६५ करोडभन्दा बढी बजेट फ्रिज भएको छ ।

आर्थिक वर्ष २०७९/८० मा अर्घाखाँचीमा सङ्घीय तथा प्रदेश सरकारको पुँजीगत र चालु तर्फको विनियोजित बजेटमध्ये रु ६५ करोड ९९ लाख ९३ हजार आठ सय ६१ फ्रिज भएको कोष तथा लेखा नियन्त्रण कार्यालयका कोष नियन्त्रक राजु पाण्डेले बताए ।

कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार आव २०७९/८० मा प्रदेश सरकारको पुँजीगत तर्फको रु एक अर्ब ३३ करोड ६५ लाख ८९ हजार विनियोजित बजेटमध्ये रु २० करोड ५६ लाख ६२ हजार ९४ बजेट फ्रिज भएको हो । चालु तर्फ रु ६५ करोड ५३ लाख २१ हजार एक सय ९३ विनियोजित बजेटमध्ये रु १३ करोड दुई लाख ७६ हजार दुई सय २२ फ्रिज भएको छ ।

यस्तै सङ्घीय सरकारको चालुतर्फको रु पाँच अर्ब ३९ करोड २१ लाख ६५ हजार सात सय ४२ विनियोजित बजेटमध्ये रु १८ करोड ५३ लाख ७५ हजार नौ सय ३२ बजेट फ्रिज भएको छ ।

सङ्घीय सरकारको पुँजीगत तर्फ रु एक अर्ब ५१ करोड ९५ लाख ७२ हजार छ सय विनियोजित बजेटमा रु १३ करोड ८६ लाख ७९ हजार छ सय १६ रकम फ्रिज भएको कोष नियन्त्रक पाण्डेको भनाइ छ ।

अर्घाखाँचीमा आव २०७९/८० मा लुम्बिनी प्रदेश सरकारको चालु तथा पुँजीगत रु एक अर्ब ९९ सय करोड १९ लाख १० हजार एक सय ९३ र सङ्घीय सरकारको पुँजीगत तथा चालुतर्फ रु छ अर्ब ९१ करोड १७ लाख ३८ हजार तीन सय ४२ गरी रु आठ अर्ब ९० करोड ३६ लाख ४८ हजार पाँच सय ३५ बजेट विनियोजन भएको थियो ।

Skip This