पोखरामा ट्रोपिकाना स्लाइसमा अखाद्य वस्तु फेला



पोखरा । कास्कीको पोखरास्थित वडा नम्बर ८ को पुरानो घर आँगन रेष्टुरेण्ट एण्ड कटेज झिर हाउसमा ट्रोपिकाना स्लाइसमा अखाद्य वस्तु फेला परेको छ ।

आइतबार खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखराले निरीक्षण एवं अनुगमनका क्रममा अखाद्य वस्तु फेला परेको जनाएको हो ।

खाद्य अनुसन्धान अधिकृत दीपक कुँवरले स्लाइसमा अखाद्य पदार्थ फेला परेको गुनासो पछि निरीक्षण गर्दा आँखाले देखिने रुपमा नै वाह्य पदार्थ देखिएको र त्यही अनुसार मुचुल्का तयार गरेको बताए । उनले सरकारले अनिवार्य न्युनतम मापदण्ड तोकेको र त्यो मापदण्डअनुसार स्लास न्युन गुणस्तरको रहेको बताए ।

त्यस्तै निमित्त कार्यालय प्रमुख शिवजी बरालले निरीक्षण गरी रिपार्टे पठाएको र खाद्य अनुसार आकर्षण भए कारबाही हुने बताए।

निरीक्षणका कारण गुनासोहरु बढीरहेको बताए । बिक्रेतासँग बयान लिएर र निरीक्षण गरी कारबाही हुने बताए ।

त्यस्तै होटल मालिक प्रमोद मरासिनीले पानीले पखाल्ने क्रममा भेटिएको बताए । उनले किनेर ल्याएको ठाउँले ठूलो विषय नबनाउन आग्रह गरेको बताए ।

विज्ञहरुले कतिपय अवस्थामा पूरा नखोलिकन अखाद्य पदार्थ नदेखिने हुँदा सबै नागरिकले जुसहरु खाँदा खोलेर अर्को भाँडामा हाले पिउन सुझाव दिएका छन् ।


क्लिकमान्डु