एनएमबि बैंकको डेबिट कार्डबाट कारोबार गर्दा १ सय क्यास ब्याक



काठमाडौं । एनएमबि बैंकले डेबिट कार्डमा १ सय रुपैयाँ क्यासब्याक अफर घोषणा गरेको छ ।

अफरअन्तर्गत बैंकका सबै नयाँ ग्राहकका साथै हालसम्म डेबिट कार्ड प्रयोग नगरेका सबै ग्राहकले एटीएमबाट पैसा निकाल्दा वा प्वाइन्ट अफ सेल टर्मिनल (पीओएस) मार्फत कारोबार गर्दा १ सय रुपैयाँ क्यासब्याक पाउनेछन् । यो अफर सीमित अवधिका लागि मात्र लागू हुने बैंकले जनाएको छ ।

एनएमबि बैंकले देशभर २०१ शाखा, १४४ एटिएम र १२ एक्सटेन्सन काउन्टरहरुमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आएको छ ।


क्लिकमान्डु