सन्दीपले लिए विकेट, नेपाललाई चौथो सफलता
काठमाडौं । एसिया कपमा नेपालले पाकिस्तानविरुद्ध चौथो सफलता हात पारेको छ ।
नेपालका करण केसीले पाकिस्तानका ओपनर फाखर जमान र रोहित पौडेलले इमाम उल हकलाई आउट गरेका थिए । सन्दीप लामिछानेको बलिङमा दिपेन्द्र सिंह ऐरीले मोहमद रिजवानलाई रनआउट गरेकाका थिए ।
लामिछाने २७.५ ओभरमा पाकिस्तानका सलमान बागालाई कुशल भुर्तेलको हातबाट क्याच आउट गराएका हुन् ।
२४ ओभरमा पाकिस्तान ३ विकेटको क्षतिमा ११२ रन बनाएर खेलिरहेको छ ।