वाणिज्य विभागद्वारा १८ फर्ममा अनुगमन, ४ तरकारी व्यापारीलाई ५० हजार जरिवाना



काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौंका चार तरकारी व्यापारीलाई ५० हजार जरिवाना गरेको छ ।

विभागले खरिद बिजविजक नराख्ने प्रयाग पोखरी र इमाडोलका एक-एक तथा बाँसबारीका दुईवटा तरकारी पसललाई बुधबार कारबाही गरेको हो ।

प्रयाग पोखरीको तरकारी पसललाई २० हजार तथा अन्य तीन पसललाई १०-१० हजार जरिवाना गरिएको छ ।

विभागले एकान्तकुनामा रहेको एक खाद्यवस्तुको पसललाई खरिद बिजविजक नराखेको भन्दै ५ हजार जरिवाना गरेको छ ।

नियमित अनुगमनका क्रममा विभागले कतिपय किराना पसलबाट नमुना परीक्षणका लागि खाद्यवस्तु संकलन गरेको छ भने कतिपयलाई कागजातसहित विभागमा उपस्थित हुन भनेको छ ।


रवि धिताल