नविल बैंकले स्थिर राख्यो ब्याजदर



काठमाडौं । नविल बैंकले भदौमा ब्याजदर स्थिर राखेको छ ।

बैंकले व्यक्तिगततर्फ ३ देखि ६ महिनाका लागि साधारण मुद्दति निक्षेपमा ९.४९, ६ महिनादेखि २ वर्ष अवधिमा ९.९९ र २ वर्षभन्दा माथिको मुद्दति निक्षेपमा १०.४९ प्रतिशत ब्याज दिँदै आएको छ ।

त्यस्तै रेमिट्यान्स मुद्दति निक्षेपमा ३ देखि ६ महिनाको १०.४९, ६ महिनादेखि २ वर्षको १०.९९ र दुई वर्षभन्दा बढी अवधिको लागि ११.४९ प्रतिशत ब्याज दिने बैंकले जनाएको छ ।

संस्थागत मुद्दति निक्षेपमा बैंकले ६ महिनादेखि २ वर्ष अवधिमा ७.९९ र २ वर्षभन्दा बढी अवधिमा ८.४९ प्रतिशत ब्याज दिनेछ । बैंकले नबिल अक्षय कोष मुद्दति खातामा सहमतिमा ब्याज निर्धारण हुने स्पष्ट पारेको छ ।

बचत निक्षेपतर्फ बैंकले नबिल प्रिमियम रेमिट्यान्स बचत खातामा सबैभन्दा बढि अर्थात ८.९० प्रतिशत ब्याज दिने जनाएको छ ।

त्यस्तै, नबिल गोल्ड बचत खाता, कर्पोरेट बचत खाता, नबिल गोल्ड पेरोल बचत खाता, नबिल ढुक्क बचत खातामा ७.९० प्रतिशत ब्याज दिने बैंकले जनाएको छ ।

यससँगै नबिल सेयरहोल्डर्स बचतखाता र नबिल प्रिमियम पेरोल बचतखातामा ६.४० प्रतिशत ब्याज र कर्पोरेट प्रिमियम बचतखातामा ६.९० प्रतिशत ब्याज दिने बैंकले जनाएको छ । अरु सबै प्रकारका बचत खातामा ५.९० प्रतिशत ब्याज दिने बैंकले जनाएको छ ।


रवि धिताल