बैंकर संघका अध्यक्ष सीईओ रहेको एनएमबि बैंकको नयाँ ब्याजदर कति ?



काठमाडौं । एनएमबि बैंकले अधिकांश खाताको ब्याजदर घटाएर नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले साउनमा भन्दा भदौमा ब्याजदर घटाएको हो ।

बैंकले यसअघि ३ देखि ६ महिनाको व्यक्तिगत मुद्दतिमा ९ प्रतिशत, ६ देखि ९ महिनाकोमा ९.१ र ९ महिनादेखि १ वर्षसम्मको मुद्दति निक्षेपमा ९.२५ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो । त्यसैगरी १ देखि २ वर्षको ९.५ प्रतिशत र २ देखि १० वर्षको मुद्दति निक्षेपमा ९.७५ प्रतिशत तोकिएको थियो ।

भदौका लागि ३ देखि ६ महिनाकोमा ८.१, ६ देखि ९ महिनाकोमा ८.२५, ९ महिनादेखि १ वर्षसम्मकोमा ८.७५, १ देखि २ वर्षसम्मकोमा ९.२५, २ देखि १० वर्षसम्मकोमा ९.५ र १० वर्षमाथिको व्यक्तिगत मुद्दति निक्षेपमा ९.९९ प्रतिशत ब्याज तोकेको छ । बैंकले १ वर्षको मान्यजन मद्दति खातामा ९.२५ प्रतिशत ब्याज दिने जनाएको छ ।

संस्थागत मुद्तितर्फ भने बैंकले समान ७.९९ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

बैंकले साउनका लागि साधारण बचतका विभिन्न खातामा ५.९८ देखि ७.९८ प्रतिशत र रेमिट्यान्ससम्बन्धी एनएमबी जन्मभूमि बचत खातामा ८.९८ प्रतिशत ब्याजदर तोकेको थियो ।

भदौका लागि निर्धारित ब्याजदरमा बाँकी सबै बचत खाताको ब्याजदर ५ देखि ७ प्रतिशतमा सीमित राखिएको छ भने एनएमबि जन्मभूमि बचत खाताको ब्याज ९.२५ प्रतिशत बनाइएको छ ।


रवि धिताल