माछापुच्छ्रे बैंकले बढायो ब्याजदर



काठमाडौं । माछापुच्छ्रे बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले भदौदेखि लागू हुने गरी केही बढाएर ब्याजदर सार्वजनिक गरेको हो ।

तीन महिनादेखि ६ महिनासम्मको मुद्दति निक्षेपमा बैंकले ब्याजदर परिवर्तन गरेको छैन । यसअघि ९ प्रतिशत कायम रहेको सो ब्याजदर अहिले पनि ९ प्रतिशत नै छ । साउनका लागि बैंकले सबै प्रकारको मुद्दति निक्षेपमा समान ९ प्रतिशत ब्याजदर कायम गरेको थियो ।

भदौबाट लागू हुनेगरी ६ महिनादेखि १ वर्ष अवधिको मुद्दति निक्षेपमा ९.४९ र १ वर्ष तथा सोभन्दा माथिको अवधिको मुद्दति निक्षेपमा ९.९९ प्रतिशत ब्याज दिने बैंकले जनाएको छ । रेमिट्यान्स मुद्दती निक्षेपमा निक्षेपकर्ताले भने १० प्रतिशत ब्याज पाउँदै आएकोमा अब १०.९९ प्रतिशत पाउनेछन् ।

बैंकले संस्थागत निक्षेपमा भने ६ महिनादेखि ५ वर्षसम्म अवधिलाई ७ प्रतिशत र ५ वर्षभन्दा माथिको अवधिलाई ७.४९ प्रतिशत ब्याज दिने जनाएको छ ।

बचततर्फ पनि बैंकले ब्याजदर बढाएको छ । एमबिल कर्मसिल बचत खातामा यसअघि ७.८५ प्रतिशत ब्याज ब्याज दिएको बैंकले भदौका लागि ८ प्रतिशत पुर्‍याएको छ ।

त्यस्तै एम-स्मार्ट बचत खाता र स्मार्ट प्लस सेभिङ अकाउन्टको ब्याजदर ७ प्रतिशत बनाइएको छ । मेरो लगानी बचत खाताको ब्याजदर भने ६.८५ प्रतिशतबाट घटाएर ६ प्रतिशतमा झारिएको छ । अरु सबै प्रकारको खातामा बचतकर्ताले ४.८५ प्रतिशत ब्याज पाउँदै आएकोमा अब ५ प्रतिशत पाउनेछन् ।


रवि धिताल