पेट्रोलमा ५ रुपैयाँ तथा डिजेल र मट्टितेलको भाउ लिटरमा १४ रुपैयाँ बढ्यो



काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मटितेलको मूल्यवृद्धि गरेको छ । मंगलबार राति बसेको निगम सञ्चालक समिति बैठकले डिजेल र मट्टितेलमा प्रतिलिटर १४ तथा पेट्रोल लिटरमा ५ रुपैयाँले बढाएको हो ।

निगमका अनुसार अब पेट्रोलको उपभोक्ता मूल्य प्रतिलिटर १७५ र डिजेल तथा मट्टितेलको मूल्य १६४.५ रुपैयाँ प्रतिलिटर कायम भएको छ । वृद्धि भएको मूल्य मंगलबार राति १२ बजेपछि लागू हुनेछ ।

इन्डियन आयल कर्पोरेसनबाट पेट्रोल र डिजेलमा क्रमशः प्रतिलिटर ३.८५ र ११.२५ रुपैयाँ मूल्य बढेर आएसँगै नेपालमा पनि वृद्धि गरिएको निगमले जनाएको छ ।


रवि धिताल