गोयन्का स्टील्सको कारोबार ३ अर्ब ४३ करोड



काठमाडौं । गोयन्का ग्रुपअन्तर्गतको गोयन्का स्टील्स प्रालिले आर्थिक वर्ष सन् २०२२ मा ३ अर्ब ४३ करोड ३७ लाख रुपैयाँको व्यापार गरेको छ ।

कम्पनीले सन् २०२१ तुलनामा ७७ करोड २१ लाख रुपैयाँ धेरै व्यापार गरेको हो । २०२१ मा कम्पनीले २ अर्ब ६६ करोड १६ लाख रुपैयाँको कारोबार गरेको थियो ।

कोभिड महामारीअघि गतिशिलरुपमा कम्पनीको ब्यापार २०२२ मा केही सुधारिएको छ। कोभिड महामारीअघि सन् २०१९ मा कम्पनीले ३ अर्ब ९४ करोड ९० लाख ब्यापार गरेको थियो । त्यसपछिका दुई वर्षमा ब्यापार निकै ओरालो लागेको थियो । २०२० मा २ अर्ब १४ करोड ३६ लाखको ब्यापार गरेको कम्पनीले २०२१ मा २ अर्ब ६६ करोड १६ लाखको ब्यापार गरेको थियो । २०२२ मा भने पुनः कम्पनीको कारोबार ३ अर्ब रुपैयाँभन्दा माथि पुगेको हो ।

गोयन्का ग्रुपले सन् २००८ मा सुरु गरेको गोयन्का स्टील्स कमपनी नेपालमा टिएमटी स्टील बारहरुको निर्माणमा चर्चित नाम हो । गोयन्का गोल्ड नाममा स्टील बारहरु यो कम्पनीले गर्ने उत्पादनहरुमधयेकै चर्चित उत्पादन हो । गोयन्का स्टील्सको सम्पूर्ण स्वामित्व गोयन्का परिवारसँगै रहेको छ ।

रेटिङ एजेन्सीले कम्पनीको १ अर्ब ९४ कराेड ५८ लाख रुपैयाँको ऋणको रेटिङ गरेको छ । दीर्घकालिन कर्जा सुविधामा १ करोड ५८ लाखसम्मको ऋणको सीमा छ। जसलाई इक्राले एलबी प्लसका रेटिङ दिएको छ भने अल्पकालिन कर्जा सुविधामा फन्डेड १ अर्ब ११ करोड र नन फन्डेड ८२ करोड रुपैयाँको रेटिङ गराएको छ । जसले एफोर रेटिङ पाएको छ ।


क्लिकमान्डु