मुख्य सचिवको प्रश्न- निफ्राले उद्योग क्षेत्रमा कति लगानी गरेको छ ?



काठमाडौं । नेपाल सरकारका मुख्य सचिव डा. वैकुण्ठ अर्यालले नेपाल पूर्वाधार विकास बैंक (निफ्रा) ले उद्योग क्षेत्रमा कति लगानी गरेको छ भन्दै प्रश्न गरेका छन् ।

नेपाल उद्योग परिसंघले आयोजना गरेको ‘बजेट वाच’ कार्यक्रममा उनले अन्य निकायले मात्रै नपुगेर निफ्राको परिकल्पना भएको भन्दै त्यसले औद्योगिक क्षेत्रमा कति लगानी गरेको छ हेर्न आवश्यक रहेको बताए ।

मुख्य सचिव अर्यालले निजी क्षेत्रका हरेक वर्ष एउटै समस्या देखिने गरेको भन्दै यस्ता समस्या समाधान गर्न सबै मन्त्रालयका सचिवलाई आग्रह गरेका छन् ।  निजी क्षेत्रले भोग्दै आएका समस्या सरकारलाई देखाउन अनुरोध गर्दै उनले ती समस्या समाधान गर्न सचिवहरुलाई आग्रह गरे ।

अहिले बिजुली जाने समस्या बढेको भन्दै उद्योगीले भोग्ने यस्ता समस्या सरकारले समाधान गर्नुपर्ने उनले बताए । उत्पादन लागत र व्यापार लागत घटाउन कहाँ के गर्न सकिन्छ, यसमा उद्योग मन्त्रालयसँग छलफल गर्ने परिसंघलाई उनले आग्रह गरे ।

‘गत आर्थिक वर्षमा ब्याजदर बढ्दा समस्या आएको थियो,’ उनले भने, ‘चालु आवका लागि राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिले त्यो समस्या समाधान हुनेछ ।’


रवि धिताल