माओवादीले मोदीलाई सरकारबाट फिर्ता बोलायो, जनमतकी अनिता देवी सामान्य प्रशासनमन्त्री बन्ने



काठमाडौं । नेकपा माओवादी केन्द्रले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनमत पार्टीलाई सरकारमा ल्याउन मन्त्री मोदीलाई फिर्ता बोलाएका हुन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

अब जनमत पार्टीकी नेतृ अनितादेवी साह संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री बन्ने उनले बताए ।

जनमत पार्टीलाई सरकारमा सहभागी गराउन प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् हेरफेर गर्न लागेका हुन् । जनमतले सांसद अनितादेवी साहलाई मन्त्रीका लागि यसअघि नै सिफारिस गरिसकेको छ । साहको नियुक्ति भोलि हुनेछ ।


रवि धिताल