घोराही सिमेन्टको सेयरमा पहिलो दिन नै नकारात्मक सर्किट



काठमाडौं । कारोबार सुरु भएको पहिलो दिन नै घोराही सिमेन्ट कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । कम्पनीको सेयर कारोबार सुरु भएकै दिन आज ९.९९ प्रतिशत अर्थात् ५६.५ रुपैयाँ घटेको हो ।

कम्पीको ओपनिङ रेन्ज प्रतिकित्ता २२६.६१ रुपैयाँदेखि ६७९.८३ रुपैयाँसम्म रहेकोमा प्रतिकित्ता ५६५ रुपैयाँ ५० पैसामा खुलेको थियो । सुरुमा बढेर सेयर मूल्य ५८१ रुपैयाँ ४० पैसा सम्म पुगेको थियो ।

तर, कारोबार बन्द हुँदा ५०९ रुपैयाँ प्रतिकित्तामा झरेको छ । कम्पनीले प्रतिकित्ता ४३५ रुपैयाँका दरले प्रिमियम मूल्यमा सेयर निष्कासन गरेको थियो ।


रवि धिताल