पहिलो दिन नै घट्यो घोराही सिमेन्टको सेयर मूल्य



काठमाडौं । कारोबार सुरु भएको पहिलो दिन नै घोराही सिमेन्ट कम्पनीको सेयर मूल्य घटेको छ । कम्पनीको सेयर कारोबार आजबाट सुरु भएको हो ।

यो समाचार तयार पार्दासम्म कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४९ रुपैयाँ ४० पैसाले घटेर प्रतिकित्ता ५१६ रुपैयाँ १० पैसा रहेको छ ।

आज कम्पीको सेयर प्रतिकित्ता ५६५ रुपैयाँ ५० पैसामा खुलेको थियो । सुरुमा बढेर सेयर मूल्य ५८१ रुपैयाँ ४० पैसा सम्म पुगेको थियो । यसको ओपनिङ रेन्ज प्रतिकित्ता २२६.६१ रुपैयाँदेखि ६७९.८३ रुपैयाँसम्म थियो ।

यो समाचार तयारपार्दासम्म १ लाख ४ हजार ५१ कित्ता खरिदमा छ भने २७ हजार ३६१ कित्ता बिक्रीमा छ । खरिद ५१५ रुपैयाँमा गर्न खोजेको देखिएको छ भने बिक्री ५१७ रुपैयाँ छ । कम्पनीले प्रतिकित्ता ४३५ रुपैयाँका दरले प्रिमियम मूल्यमा सेयर निष्कासन गरेको थियो ।


रवि धिताल