कांग्रेस सांसद सुनिल शर्मा पक्राउ



काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्मालाई प्रहरीले नियन्त्रणमा लिएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले शर्मालाई बिहीबार दिउँसो पक्राउ गरेको हो ।

शर्मालाई प्रहरीले घरबाटै नियन्त्रणमा लिएको बुझिएको छ । मोरङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित शर्मा मेडिकल व्यवसायी हुन् ।

भारतको एक संस्थाले जारी गरेको प्रवीणता प्रमाणपत्र तहको सर्टिफिकेट नक्कली भेटिएपछि अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ । सोही प्रमाणपत्रका आधारमा उनले एमबीबीएस अध्ययन गरेका हुन् ।

उनी काठमाडौं मेडिकल कलेज सिनामंगल र विराटनगरस्थित नोबल मेडिकल कलेजका सञ्चालक हुन् ।


रवि धिताल