विपद व्यवस्थापनमा पूर्वतयारी गर्न प्रधानमन्त्रीको निर्देशन



काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्षायाममा प्राकृतिक प्रकोपबाट हुनसक्ने सम्भावित क्षतिप्रति पूर्वसतर्कता अपनाउन र विपद् व्यवस्थापनको पूर्वतयारी प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।

मंगलबार बिहान प्रधानमन्त्री प्रचण्डले प्रहरी महानिरीक्षक वसन्त कुँवरलाई वर्षाका कारण विभिन्न जिल्लामा आएको बाढीपहिरोबाट ठूलो जनधनको क्षति भएकोप्रति सचेत रहन आग्रह गर्दै पूर्वतयारी प्रभावकारी बनाउन निर्देशन दिएका हुन् ।

प्रधानमन्त्रीले उद्धार, राहत र पुन:स्थापनाका लागि सम्पूर्ण रूपले सक्रिय रहन निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।


रवि धिताल