सहकारी पीडितको प्रदर्शनमा हस्तक्षेप, दुईको अवस्था गम्भीर



काठमाडौं । सहकारी पीडितहरुले सडक प्रदर्शन गरेका छन् । उनीहरुको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ ।

काठमाडौंको बिजुलीबजारस्थित आर्क ब्रिजमा सहकारीपीडितले सडक अवरुद्ध गर्न खोजेपछि प्रहरीले हस्तक्षेप गरेको थियो ।
त्यसक्रममा करिब १५ जना घाइते भएका छन् ।

घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको र उनीहरुलाई उपचारका लागि अस्पताल लगिएको छ ।

सहकारी पीडित लामो समयदेखि माइतीघर मण्डलमा आन्दोन गर्दै आएका छन् ।

हाम्रो वचत फिर्ता गर्, भ्रष्ट सञ्चालक समितलाई कारबाही गर्, प्रहरीले दमन गर्न पाउँदैन, पक्राउ परेकालाई रिहा गर्,सहकारीको ताराले दुख पाए साराले लगायतका नारा लगाएका थिए ।


क्लिकमान्डु