बिस्ताराको उडानमा सहभागि यात्रुलाई तारे होलटमा ‘स्पा’ छुट



काठमाडौं । अन्तर्रष्ट्रिय उडान क्षेत्रमा स्थापित बिस्तारा एयरलाइन्सले काठमाडौं–दिल्ली दुईतर्फी उडानमा सहभागि यात्रुका लागि २५ देखि ३५ प्रतिशत छुटमा ‘स्पा’ सुविधा उपलब्ध गराउने भएको छ ।

एयरलाइन्सका अनुसार ‘स्पा’ सुविधा होटल सोल्टी र र्‍याडिशनस्थित ‘ट्रयाङ्कुलिटी स्पा’मा उपलब्ध हुनेछ । ‘स्पा’ जाँदा यात्रुले ‘बोर्डिङ पास’ भने अनिवार्य रुपमा सँगै लिएर जानु पर्ने छ । सोही पासका आधारमा यात्रुलाई २५ देखि ३५ प्रतिशत छुटमा ‘स्पा’ सुविधा उपलब्ध गराउनेछ ।

एयरलाइन्सले यात्रुको सुविधाका लागि ‘ट्रयाङ्कुलिटी स्पा’सँग सोमबार सम्झौता गरेको हो ।

सम्झौता अनुसार ‘बिजनेश र प्रिमियम इकोनोमी क्लास’मा यात्रा गर्ने यात्रुले ३५ प्रतिशत छुटमा ‘स्पा’ सुविधा लिन सक्नेछन भने, ‘इकोनोमी क्लास’मा यात्राले गर्ने यात्रुले २५ प्रतिशत छुटमा ‘स्पा’ सुविधा लिन सक्नेछन् ।

एयरलाइन्सका नेपालस्थित कार्याकारी अधिकृत प्रशन्न अधिकारीले यात्रुलाई बिशेष सुविधा दिने उद्येश्यले यस्तो योजना ल्याइएको बताए ।

उनले भने,‘एयरलाइन्सले बिगत चार वर्षदेखि नेपालमा ‘वल्र्ड क्लास’ सुविधासहित यात्रुलाई सेवा दिँदै आएको छ । बिशेष छुटसहित ‘स्पा’ सुविधा यही अन्तर्गतको एउटा ‘प्याकेज’ हो । यसका लागि होटलसँग सम्झौता भइसकेको छ । यो तत्काकाल कार्यान्वयनमा आउनेछ । सुविधा लिने यात्रुले ‘बोर्डिङ पास’ भने अनिवार्य रुपमा लिएर जानु पर्नेछ ।’

एयरलाइन्समा स्थापित भारतीय कम्पनी टाटा समुह र सिंगापुर एयरलाइन्सको संयुक्त लगानी छ । नेपालसहित यसले विश्वका बिभिन्न ३० गन्तब्य स्थानमा नियमित उडान भर्दै आएको छ । एयरलाइन्सले विद्यार्थीका लागि २० किलोसम्मको ‘लगेज’ लैजाने सुविधा निशुल्क रुपमा उपलब्ध गराउँदै आएको छ ।


क्लिकमान्डु