फक्सवागनले नयाँ पोलो ह्याचव्याक ल्याउँदै, यस्ता छन् विशेषता



जर्मन कार निर्माता कम्पनी फक्सवागनले सन् २०१८ मा छैटौं पुस्ताको नयाँ मोडलको पोलो ह्याचब्याक ल्याउने भएको । नयाँ फक्सवागन पोलोमा पेट्रोल इन्जिनका ४ भेरिएन्ट र डिजेल इन्जिनका २ भेरिएन्ट हुने छन् । कम्पनीले सार्वजनिक गर्न लागेको गाडीको विशेषता खुलाएको छ ।

कारको इन्टेरियर र ड्यासबोर्डलाई विभिन्न शैलीमा सजाउन सकिन्छ । त्यसैगरी छुट्टै सिट कभर राख्न मिल्छ । गाडीको गति, इन्धन र इन्जिनको अवस्था देखाउन गाडीमा डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर जडान गरिने छ ।

हरेक इन्जिनको क्षमता ७० किलोवाट हुनुका साथै यसमा ड्युअल क्लच बक्स हुनेछ । कारको स्टेयरिङबाटै विभिन्न कुरालाई नियन्त्रण गर्न सकिन्छ । यसमा बिट्स कम्पनीको साउन्ड सिस्टम सहित टच म्युजिक प्लेयर जडान हुनेछ । भारतमा यसको मूल्य ९ लाख ३३ हजार भारु तोकिएको छ ।


पुष्प दुलाल