यस्तो छ यामाहा ब्रान्डको मोटरसाइकल र स्कुटरको नयाँ मूल्य, कुनको कति ?
काठमाडौं । यामाहा ब्रान्डको आधिकारिक बिक्रेता एमएडब्ल्यूले मोटरसाइकल र स्कुटरको नयाँ मूल्य तोकेको छ । कम्पनीसँग उपलब्ध भएको सवारी साधनको नयाँ मूल्य सार्वजनिक गरेको हो ।
कम्पनीले यामाहा ब्रान्डको रे जेड ११३ सीसी स्कुटरको मूल्य २ लाख १९ हजार ९ सय रुपैयाँ, रे जेडआर स्ट्रिट र्याली ११३ सीसीको मूल्य २ लाख २० हजार ९ सय रुपैयाँ, फ्यासिनो १२५ सीसीको २ लाख ६७ हजार ९ सय रुपैयाँ, रेजर एसआर १२५ सीसीको २ लाख ९९ हजार रुपैयाँ, रे जेडआर डिस्क आइब्रिड डीएलएक्स १२५ सीसीको २ लाख ८९ हजार ९ सय रुपैयाँ, रे जेडआर डिस्क हाइब्रिड प्रिमियम १२५ सीसीको २ लाख ९४ हजार ९ सय रुपैयाँ र रे जेडआर डिस्क हाइब्रिड प्रिमियम प्लस १२५ सीसीको स्कुटरको मूल्य २ लाख ९९ हजार ९ सय रुपैयाँ तोकेको छ ।
कम्पनीअनुसार रे जेडआर ड्रम हाइब्रिड १२५ सीसीको मोटरसाइकलको २ लाख ७९ हजार ९ सय रुपैयाँ, सलुटो १२५ सीसीको २ लाख ४७ हजार ९ सय रुपैयाँ, एफजेड एफआईको ३ लाख २९ हजार ९ सय रुपैयाँ, एफजेडएस रियर डिस्क १५० सीसीको ३ लाख ५९ हजार ९ सय रुपैयाँ, एफ जेठ भीथ्री एक्स कनेक्टको ३ लाख ९७ हजार ९ सय रुपैयाँ, एफजेड एक्सको ४ लाख ४० हजार ९ सय रुपैयाँ र एमटी १५ बीएससिक्स ब्ल्याक एण्ड ब्ल्यूको ४ लाख ९९ हजार ९ सय रुपैयाँ, एमटी१५ बीएससिक्स ह्वाइट एण्ड सीवाइडब्ल्यूको ५ लाख ४ हजार ९ सय रुपैयाँ र आर१५ भीथ्री बएएसभीआइको ५ लाख २४ हजार ९ सय रुपैयाँ तोकेको छ ।
त्यस्तै, आर १५ भीफोर डीपीबीएमवाईको ५ लाख ९४ हजार ९ सय रुपैयाँ, आर१५ भीफोर (एलजीबी एण्ड भएआरसी)को ५ लाख ८४ हजार ९ सय रुपैयाँ, आर१५ एम (बीसीडब्ल्यूवान) डब्ल्यूएमबीको ६ लाख ९ हजार ९ सय रुपैयाँ र यामामा फेजरको ४ लाख १४ हजार ९ सय रुपैयाँ तोकेको छ ।