सुन तस्करी प्रकरणमा रास्वपाले संसदमा दर्ता गरायो जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सुन तस्करी प्रकरणमा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराएको छ । रास्वपाका सांसदहरूले बुधबार संघीय संसद् सचिवालयमा दर्ता गराएका हन् ।

सुन तस्करी रोक्न सरकारलाई जिम्मेवार बनाउन भन्दै रास्वपाका सांसदहरूले प्रस्ताव दर्ता गराएका हन् ।

ठूलो परिमाणमा सुन भन्सार जाँचपास भएको भन्ने विषयमा अनुसन्धान गर्न ‍सरकारसँग माग गरिएको छ ।

नेपालको राष्ट्रिय सुरक्षा प्रणाली, सक्षम, स्वच्छ, पारदर्शी, भ्रष्टचारमुक्त र जनउत्तरदायी सार्वजनिक प्रशासनको अवधारणामा प्रश्न उठ्ने वातावरण अहिलेको झन्डै १०० किलो सुन तस्करीको विषयले निम्त्याएको सार्वजनिक महत्वको प्रस्तावमा उल्लेख गरिएको छ ।
‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लगभग १०० कि.ग्रा. सुन बरामद भएको छ । सो सुन मोटरसाइकलको ब्रेक शू र सेभिङ्ग ब्लेडहरूमा लुकाईछिपाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँच छली ट्याक्सीमा लैजादै गर्दा राजस्व विभाग अनुसन्धानको एक टोलीले बरामद गरेको हो । यसले नेपालको अर्थतन्त्रमा नै विचलन तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार परीक्षणको संचालन र त्यहाँको प्रणालीमा नै गम्भीर प्रश्न खडा गरेको छ’ प्रस्तावमा भनिएको छ ।


क्लिकमान्डु