सानिमा बैंक र स्वीस कन्ट्याक्ट नेपालबीच सम्झौता
काठमाडौं । सानिमा बैंक लिमिटेड र स्वीस कन्ट्याक्ट/नेपाल कृषि बजार विकास कार्यक्रम दोस्रो चरणबीच कोशी प्रदेशको कृषि क्षेत्रमा प्रभावकारीरूपमा वित्तीय पहुँच पुर्याउने उद्देश्यले सहकार्य पत्रमा हस्ताक्षर भएको छ ।
कोशी प्रदेशअन्तर्गतका कृषि उद्यमीहरूको वित्तीय आवश्यकतालाई पूरा गर्न सहजीकरण, अभिमुखीकरण तथा सचेतना फैलाउन यस सहकार्यले महत्त्वपूर्ण भूमिका खेल्ने सानिमा बैंकका निक्षेप प्रमुख हेमराज संज्यालले बताए ।
यस सहकार्यअनुसार कृषि कर्जाको प्रक्रियालाई प्रविधिकरण गर्ने, कृषि कर्जासम्बन्धी प्रवद्र्धनात्मक कार्यक्रमहरुको सञ्चालन गर्ने, ग्राहक अभिमुखीकरण तथा व्यावसायिक साक्षरता कार्यक्रमहरूको आयोजना गर्ने तथा कृषि उद्यमीहरूको आवश्यकतालाई प्रभावकारीरूपमा पूरा गर्न बैंकका कर्मचारीहरूलाई प्रशिक्षण दिने जस्ता कार्यहरु गरिने उनले जानकारी दिए ।
सो अवसरमा सानिमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तेजबहादुर चन्दले यस सहकार्यले सानिमा बैंकलाई कृषि व्यवसायमा थप सरल वित्त सेवा प्रदान गर्ने पहललाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
सानिमा बैंकको सातै प्रदेशमा गरी १३२ कार्यालय र १२२ एटिएम सञ्जाल सञ्चालनमा रहेका छन् ।