५६ करोड लगानीमा जवलाखेलमा २५ शय्याको हेलिस हस्पिटल निर्माण



काठमाडौं । ललितपुरको जवलाखेलमा ५६ करोड लगानीमा २५ शय्याको हेलिस हस्पिटल निर्माण भइरहेको छ । सन् २०२० मा दर्ता भएको हस्पिटल आगामी २०२४ जुलाईदेखि सञ्चालनमा ल्याउने तयारी गरेको छ ।

हस्पिटलको निर्माणकार्य भइरहेको छ । निर्माण भइरहेको हस्पिटल निर्माणका लागि कम्पनीले ३९ करोड २० लाख रुपैयाँको दीर्घकालीन कर्जा लिएको छ ।

मिमि गिरीको लगानी रहेको हस्पिटल निर्माण गर्न ३९ करोड २० लाख रुपैयाँ ऋण लिने भएको छ भने १८ करोड ८० लाख रुपैयाँ लगानीकर्ताले व्यहोर्ने जनाएको छ । जसमा लगानीको अनुपात ७०:३० राखेको छ । हस्पिटल निर्माणका लागि लगानीकर्ताले यसअघि नै १५ करोड ९६ लाख रुपैयाँ इन्फ्यूज गरिसकेको छ ।

हालसम्म हस्पिटलको निर्माण कार्य १६ प्रतिशत मात्रै सम्पन्न भएको छ । लगानीकर्ता मिमिले यसअघि नै विभिन्न अस्पतालमा काम गरिसकेकी छिन् । गिरिले बेल्जियन इन्रोक्रिन सोसाइटी, बेल्जियन अर्गनाइजेशन अफ डाइबेटिज, अमेरिकन डाइबेटिज एशोसिएसन र अमेरिकन एण्ड बेल्जियन एशोसियसन फर द स्टडी अफ अबेस्टिमा काम गरिसकेकी छिन् ।

हस्पिटलको प्रबन्ध निर्देशक निरज सिंह हुन् । वयोधा अस्पतालको नेफ्रोलोजिस्ट र फिजिसियनको रुपमा काम गरिरकेका छन् ।


क्लिकमान्डु