गोलभेँडा बेचेरै १ महिनामा करिब ३ करोड कमाइ
एजेन्सी । गोलभेँडा बेचेर कोही करोडपति बनेको सुन्नु भयो भने तपाईं पनि अच्चमित हुनुहोला । तर, भारतको तेलंगाना राज्यका एक किसान पछिल्लो समयमा गोलभेँडा बेचेरै करोडपति बनेका छन् । त्यो पनि वर्षदिन वा ६ महिनाको अन्तरालमा होइन, उनले एक महिनामा नै गोलभेँडा बेचेर २ करोड ८७ लाख ८२ हजार नेपाली रुपैयाँ (१ करोड ८० लाख भारतीय रुपैयाँ) आम्दानी गरेका छन् ।
यो कुरा हो तेलंगानाका किसान बी महिपाल रेड्डीको जीवनको । उनले एक महिनामा नै लगभग ८ करोड क्रेट गोलभेँडा बेचेरे २ करोड रुपैयाँभन्दा धेरै आम्दानी गरेका छन् । भारतीय सञ्चारमाध्यमकाअनुसार उनले यसपटकको सिजनको अन्त्यसम्ममा करिब ४ करोड (२ करोड ५० लाख भारतीय रुपैयाँ) आम्दानी गर्नेछन् ।
उनी भारतको तेलंगानाको मेडक नामको जिल्लास्थित कौडिपल्ली गाउँमा बस्छन् । रेड्डीकाअनुसार उनले हैदराबादको बजारमा गोलभेँडा बेच्दा धेरै आम्दानी गरेका हुन् । आन्ध्र प्रदेशबाट हैदराबाटमा गोलभेँडाको वितरण पर्याप्त रुपमा पुरा भइरहेको थिएन । तब उनले त्यो बजारमा गोलभेँडा बेच्न सुरु गरेका थिए । उनले हैदराबादको बजारमा प्रतिकिलो १०० भारतीय रुपैयाँ (१६० नेपाली रुपैयाँ) मा बेचेको थिए र उनले १५ दिनमा नै २ करोड ८७ लाख रुपैयाँ आम्दानी गरेका छन् ।
उनी आफूले १६ लाख लगानी गरेर खेतमा गोलभेँडाको खेती गरेको बताउँछन् उनी । अझैं पनि ४० प्रतिशत गोलभेँडा बाँकी रहेको र त्यसलाई छिट्टै नै बजारमा ल्याउने तयारीमा छन् ।
पछिल्लो समय भारतीय बजारमा गोलभेँडाको मूल्य आकासिएको छ । यसले कतिपय किसानलाई पनि फाइदा पुर्याएको छ । तेलंगानाका रेड्डीले जस्तै अन्य किसानहरुले पनि गोलभेँडा नै बेचेरे करोडौंको आम्दानी गरेका छन् । भारतका चण्डीगढजस्ता ठाउँमा गोलभेँडा ३५० भारतीय रुपैयाँ प्रतिकिलोसम्म पुगेको थियो । हाल त्यहाँ प्रतिकिलो २ सय रुपैयाँमा गोलभेँडा बिक्री भइरहेको छ । त्यस्तै, भारतका धेरै स्थानमा गोलभेँडाको मूल्य प्रतिकिलो सय भारतीय रुपैयाँ रहेको छ ।
केही साताअघि भारतकै नारायणगञ्जका किसान तुकाराम भागोजीले एक महिनामा १३ हजार गोलभेँडा बेचेर २ करोड ८७ लाख (१ करोड ५० लाख भारतीय रुपैयाँ)भन्दा धेरैको आम्दान गरेका थिए । ७.२ हेक्टर जमिनमा खेती गरेका उनले बढ्दो मूल्यका बीच गोलभेँडा बेचेरे करोडौंको आम्दानी गरेका हुन् ।