सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढ्यो
काठमाडौं । मंगलबार सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेको छ ।
सोमबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १० हजार रुपैयाँ कायम भएको थियो । मंगलबार प्रतितोला ४ सय रुपैयाँले बढेर १ लाख १० हजार ४ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, मंगलबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ८५० रुपैयाँ कायम भएको छ ।
साथै, मंगलबार चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेको छ । सोमबार चाँदीको मूल्य प्रतितोला १३ सय ७० रुपैयाँ कायम भएकोमा मंगलबार १३ सय ७५ रुपैयाँ कायम भएको छ ।