सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढ्यो
काठमाडौं । आइतबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको छ ।
शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ६ सय रुपैयाँ कायम भएको थियो । आइतबार प्रातितोला ५ सय रुपैयाँले बढेर १ लाख १० हजार १ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, आइतबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ५५० रुपैयाँ कायम भएको छ ।
साथै, आइतबार चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोला १३ सय ६० रुपैयाँ कायम भएकोमा आइतबार १३ सय ७० रुपैयाँ कायम भएको छ ।