सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढ्यो
काठमाडौं । सोमबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेको छ ।
आइतबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १० हजार २ सय रुपैयाँ कायम भएको थियो । सोमबार २ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १० हजार ४ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, सोमबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ८५० रुपैयाँ कायम भएको छ ।
साथै, सोमबार चाँदीको मूल्य १५ रुपैयाँले बढेको छ । आइतबार चाँदीको मूल्य प्रतितोला १३ सय ५० रुपैयाँ कायम भएकोमा सोमबार १३ सय ६५ रुपैयाँ कायम भएको छ ।