शोधनान्तर स्थिति २ खर्ब १४ अर्ब रुपैयाँले बचतमा
काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार शोधानान्तर स्थिति (देशमा भित्रिने र देशबाट बाहिरिने विदेशी मुद्राको अन्तर) २ खर्ब १४ अर्ब रुपैयाँले बचतमा छ ।
रेमिट्यान्स आप्रवाह २३.४ प्रतिशतले बढ्नुको साथैं आयात १६.८ प्रतिशतले घट्दा नेपालबाट बाहिरिने भन्दा भित्रिने विदेशी मुद्रा बढी भएको हो ।
चैत महिनामा शोधानान्तर स्थिति १ खर्ब ८० अर्ब रुपैयाँले बचतमा थियो ।
अघिल्लो वर्ष बैशाखमा शोधनान्तर स्थिति २ खर्ब ८८ अर्ब ५० करोडले घाटामा थियो ।
अमेरिकी डलरमा अघिल्लो वर्ष २ अर्ब ४१ करोडले घाटामा रहेको शोधनान्तर स्थिति यो वर्ष १ अर्ब ६३ करोडले बचतमा रहेको छ ।