सीजी कम्यूनिकेशनको व्यापारमा उछाल, ८ महिनामै गर्यो ३२ करोड रुपैयाँ आम्दानी

1k
Shares

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी सीजी कम्यूनिकेशनको व्यापारमा उछाल आएको छ । बजारमा सीजीको नेटको प्रयोगदर्ता बढ्दै जाँदा व्यापारमा उछाल आएको हो ।

इन्टरनेट सेवा प्रदायक कम्पनीले सन् २०२३ को ८ महिनाको अवधिमै ३२ करोड २० लाख रुपैयाँ आम्दानी गरेको छ । जुन सन् २०२२ माको तुलनामा १०५ प्रतिशतले आम्दानी बढेको छ । सन् २०२२ मा कम्पनीले १५ करोड ७० लाख रुपैयाँ मात्रै आम्दानी गरेको थियो ।

सन् २००३ मा एसटीएम टेलिकम सञ्चार प्रालि नाममा दर्ता भएको कम्पनीले ग्रामिण क्षेत्रमा टेलिफोन सेवा दिँदै आएको थियो । सन् २०१३ मा चौधरी ग्रुपले कम्पनी लिएको थियो । चौधरी ग्रुपले कम्पनी खरिद गरेसँगै सीजी कम्यूनिकेशन प्रालि नामाकरण गरिएको थियो ।

त्यस्तै, कम्पनी सन् २०२१ मा पब्लिक कम्पनीको रुपमा दर्ता भएको छ । कम्पनीले देशभर इन्टरनेट सेवा प्रदायकको रुपमा काम गर्दै आएको छ । सीजीले देशको १७ वटा जिल्लामा इन्टरनेट सेवा प्रदान गर्दै आएको छ । त्यस्तै, कम्पनीले स नेट टिभी ओभर इन्टरनेट प्रोटोकलको सेवा दिइरहेको छ ।

निरभाना चौधरी अध्यक्ष रहेको कम्पनीमा एमरएस सीजी डिजीकम प्रालिको ९२ प्रतिशत हिस्सा छ । कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि २ अर्ब ५० करोड रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि १५ करोड ६४ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि २ अर्ब ३४ करोड ३६ लाख रुपैयाँको रेटिङ गराएको छ ।

कम्पनीले सन् २०२१ को जुन १ गतेदेखि फाइबर टु द होम (एफटीटीएच) सेवा सुरु गरेको छ । कम्पनीको आक्रमक मूल्य निर्धारण रणनीतिले नेपाली आइएसपी क्षेत्रको अवरोध हटाउने दाबी गरेको छ ।

सन् २०२३ को मार्चसम्ममा कम्पनीको उपत्यकासहित ६ वटा सहरमा शाखा स्थापना गरेका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सीजीको बजार हिस्सा २ प्रतिशत छ । जसमा कम्पनीको जनवरीसम्मम ४४ हजार सीजीको नेट प्रयोकर्ता छन् ।

कम्पनीअनुसार प्रयोगकर्ता बढ्दा एभरेज रेभिन्यू पर यूजर बढेको जनाएको छ । साथै, कम्पनीले सन् २०२३ को ८ महिनाको अवधिमा २४ प्रतिशत नाफा कमाएको छ । नयाँ प्रयोगकर्ता बढ्दा कम्पनीको आम्दानीमा पनि उछाल आएको छ ।

नेपालमा इजाजतप्राप्त ६२ वटा इन्टरनेट सेवा प्रदायक कम्पनी छन् । तर, त्यसमध्ये बजार भने १० वटा कम्पनीले कब्जा गरेको अवस्था छ। हालसम्ममा देशभर २५ लाख ३० हजार ९७६ इन्टरनेट प्रयोगकर्ता छन् । बजारमा इन्टरटेनटको माग निकै राम्रो रहेको कम्पनीको भनाइ छ ।