यी हुन् आगामी वर्षको बजेटका उदेश्य



काठमाडौं । आर्थिक वर्ष २०८०/०८१ को बजेटको उदेश्य सरकारले प्रस्तुत गरेको छ ।

आव २०८०/०८१ को बजेट प्रस्तुत गर्ने क्रममा अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेटका उदेश्यहरु प्रस्तुत गरेका हुन् ।

उनले अर्थतन्त्रलाई गतिशिल बनाई फराकिलो, दिगो र समावेशी आर्थिक बृद्धि हासिल गर्ने, गुणस्तरीय सामाजिक विकास, सुरक्षा र न्याय प्रत्याभूत गर्ने, लगानीमैत्री वातावरण नीजि क्षेत्रको मनोबल उच्च पार्ने, आय तथा रोजगारीका अवसर सिर्जना गरि गरिबी न्युनीकरण गर्ने, समष्टिगत आर्थिक स्थायित्व कायम गर्ने, संघीयताको सबलिकरण र सुशासन कायम गर्ने र बजेट प्रणालीमा सुधार गरि सार्वजनिक खर्चको प्रभावकारिता अभिवृद्धि गर्ने उदेश्य आगामी आवको बजेटले लिएको बताएका हुन् ।
अहिले आगामी आवको लागि बजेट प्रस्तुत भइरहेको छ ।


क्लिकमान्डु