ई-पासपोर्ट लिनेको संख्या १३ लाख नाघ्यो



काठमाडौं । विद्युतीय राहदानी (ई–पासपोर्ट) लिनेको संख्या १३ लाख नाघेको छ ।

अर्थमन्त्री डा प्रकाशशरण महतले आइतबार संघीय संसदमा पेस गरेको आर्थिक सर्वेक्षणकाअनुसार चालु आवको फागुनसम्ममा ई–पासपोर्ट लिनेको संख्या १३ लाख १४ हजार ६३० पुगेको हो ।

यीमध्ये ८ लाख ४६ हजार ६५६ वटा ई–पासपोर्ट चालु आवको फागुनसम्म वितरण भएको छन् । त्यस्तै, ४ लाख १९ हजार ९७४ वटा पासपोर्ट गत आव २०७८–०७९ मा वितरण भएका थिए ।

सरकारले २०७८ मंसिर १ गतेबाट विद्युतीय राहदानी वितरण गर्न सुरु गरेको थियो ।


क्लिकमान्डु