बाली र पशुपन्छी तथा मत्स्य बीमाका लागि ९५ करोड ३ लाख रुपैयाँ अनुदान



काठमाडौं । सरकारले आर्थिक वर्ष २०७९/८० को फागुनसम्म बाली बीमा र पशुपन्छी तथा मत्स्य बीमाका लागि ९५ करोड ३ लाख रुपैयाँ अनुदान भुक्तानी भएको छ ।

सरकारले उक्त अवधिमा बाली बीमातर्फ ५ करोड २२ लाख र पशुपन्छी तथा मत्स्य बीमातर्फ ८९ करोड ८१ लाखसहित अनुदानवापत ९५ करोड ३ लाख भुक्तानी गरेको हो ।

आर्थिक वर्ष २०७१/७२ देखि कृषि बीमा शुल्क रकममा ७५ प्रतिशत अनुदान दिने व्यवस्था गरिएको थियो । आर्थिक वर्ष २०७९/८० मा उक्त अनुदान ८०.० प्रतिशत पुर्‍याइएको छ ।

बीमाङ्क रकम र बीमा शुल्कमा वर्सेनि वृद्धि हुँदै गएसँगै अनुदान रकममा समेत सोही अनुरूप वृद्धि हुँदै गएको छ ।
२०७९ असारसम्म कृषि तथा पशुपन्छी बीमा अन्तर्गत कुल ५० अर्ब ४ करोड ५५ लाख बीमाङ्क रकम कायम भएको छ ।
आर्थिक वर्ष २०७८/७९ मा कृषि तथा पशुपन्छी बीमा अन्तर्गत २ अर्ब १९ करोड बराबर बीमा प्रिमियम (बीमाशुल्क) सङ्कलन भएको छ ।

सोही अवधिमा बीमा शुल्क वापतको ७५ प्रतिशत अनुदान अन्तर्गत बाली बीमा तर्फ १६ करोड ४४ लाख र पशुपन्छी तथा मत्स्य बीमातर्फ १ अर्ब ४९ करोड गरी १ अर्ब ६५ करोड अनुदान उपलब्ध गराइएको थियो।


क्लिकमान्डु