३६ लाख ८३ हजारले पाउँछन् सामाजिक सुरक्षा भत्ता



काठमाडौं । देशमा सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीको संख्या करिब ३७ लाख रहेको छ ।

आइतबार संघीय संसदमा अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक वर्ष २०७९/८० को आर्थिक सर्वेक्षण र सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा प्रतिवेदन २०८० पेस गर्दै यस्तो जानकारी दिएका हुन् ।

चालु आर्थिक वर्ष २०७९/८० को फागुनसम्म सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीको संख्या ३६ लाख ८३ हजार ६ सय ५८ रहेको छ ।

सामाजिक सुरक्षामा आवद्ध नागरिकको सङ्ख्या र भत्ता दरमा वृद्धि हुँदै गएसँगै सरकारको सामाजिक सुरक्षा अन्तर्गतको व्ययभार समेत बढ्दै गएको मन्त्री महतको भनाइ छ ।

वृद्धभत्ता लगायतका समाजिक सुरक्षा भत्तामा पर्छ ।


क्लिकमान्डु