सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घट्यो



काठमाडों । आइतबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको छ ।

शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ८ हजार ३ सय रुपैयाँ कायम भएको थियो । आइतबार प्रतितोला २ सय रुपैयाँले घटेर १ लाख ८ हजार १ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आइतबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख ७ हजार ६ सय रुपैयाँ कायम भएको छ ।

आइतबार चाँदीको मूल्य भने प्रतितोला १५ रुपैयाँले बढेको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोला १३ सय ४५ रुपैयाँ कायम भएकोमा आइतबार १३ सय ६० रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु