आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको सीईओमा युगेशभक्त नियुक्त
काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदमा युगेशभक्त बादे श्रेष्ठ नियुक्त भएका छन् ।
कम्पनीको सञ्चालक समितिको सिफारिसमा नेपाल बिमा प्राधिकरणले जेठ ५ गते उनलाई सीईओमा नियुक्ति दिएको हो ।
वैशाख २७ गते बसेको सञ्चालक समिति बैठकले बादेलाई कम्पनीको सीईओ नियुक्त गर्ने निर्णय गरी स्वीकृतिका लागि प्राधिकरणमा पठाएको थियो ।
सीईओ बादेले जेठ ९ गतेको सञ्चालक समिति बैठकमा कम्पनीका अध्यक्ष हेमराज ढकालबाट शपथ ग्रहण गरेका छन् ।