नक्कली भुटानी शरणार्थी प्रकरण: पक्राउ परेका १६ जनालाई थप २ दिन हिरासतमा राख्न अनुमति



काठमाडौं । जिल्ला अदालत काठमाडौँले नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई थप दुई दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

यसअघि अदालतले दिएको म्याद सकिएसँगै मंगलबार प्रहरीले उनीहरुलाई म्याद थपका लागि जिल्ला अदालतमा उपस्थित गराएको थियो ।

अदालतले जिल्ला प्रहरी परिसर काठमाडौंलाई अभियुक्तहरुलाई थप दुई दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

प्रहरीले शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा हिजो बुझाइसकेको छ । सरकारी वकिलको कार्यालयले प्रतिवेदन अध्ययन सकेर अदालतमा मुद्दा दायर गर्नेछ ।

यो प्रकरणमा हालसम्म टोपबहादुर रायमाझी, बालकृष्ण खाण, आङटावा शेर्पा, टेकनारायण पाण्डे, इन्द्रजित राई, शमशेर मिया, टेकनाथ रिजाल, सन्दीप रायमाझी, नरेन्द्र केसी, केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई, टंक गुरुङ, रामशरण केसी र गोविन्द चौधरी पक्राउ परेका छन् ।

यस्तै, प्रतीक थापा, नीरज राई, केशव तुलाधार, अशोक पोखरेल, लक्ष्मी महर्जन, धीरेन राई, मोहन राई, दीपा हुमागाईं, सुनील बुढाथोकी, विनिता लिम्बू, निरञ्जन खरेल, राजेश अर्याल, हरिभक्त महर्जन र आशिष बुढाथोकी फरार छन् । यस्तै, ठेगाना नखुलेका बेचन झा, गोकुल थापा र रमा थापा पनि फरार छन् ।


क्लिकमान्डु