मर्जपछि यस्तो हुनेछ ‘लक्ष्मी सनराइज बैंक’



काठमाडौं । लक्ष्मी बैंक र सनराइज बैंकबीच मर्जरका लागि सोमबार अन्तिम सम्झौता भएको छ । पुस २५ गते मर्जरसम्बन्धी प्रारम्भिक सम्झौता गरेका लक्ष्मी बैंक र सनराइज बैंक असार मसान्तभित्र एकीकृत कारोबार गर्नेगरी मर्जरसम्बन्धी अन्तिम सम्झौता भएको हो ।

सेयर आदान-प्रदान अनुपात (स्वाप रेसियो) १ः१ हुनेगरी सम्झौता भएको छ । मर्जपछि बैंकको आकार निकै ठूलो हुनेछ ।

चैत मसान्तसम्मको तथ्यांकअनुसार दुई बैंक एक हुँदा चुक्ता पुँजी २१ अर्ब ६७ करोड २ लाख ३७ हजार रुपैयाँ हुनेछ । लक्ष्मी बैंकको चुक्ता पुँजी ११ अर्ब ५५ करोड १३ लाख ४५ हजार रुपैयाँ छ भने सनराइज बैंकको १० अर्ब ११ करोड ८८ लाख ९२ हजार रुपैयाँ छ ।

मर्जपछि बैंकको जगेडा कोष १२ अर्ब ८२ करोड ४६ लाख २८ हजार रुपैयाँको हुनेछ । लक्ष्मीको जगेडा कोषमा ५ अर्ब १७ करोड ३१ लाख ४३ हजार रुपैयाँ छ भने सनराइज बैंकको ७ अर्ब ६५ करोड १४ लाख ८५ हजार रुपैयाँ छ ।

चैत मसान्तसम्मको तथ्यांकअनुसार दुबै बैंकको निक्षेप संकलन २ खर्ब ८१ अर्ब ८० करोड ७० लाख २० हजार रुपैयाँ छ । लक्ष्मी बैंकको निक्षेप १ खर्ब ५० अर्ब १३ करोड ५३ लाख ८९ हजार रुपैयाँ छ भने सनराइज बैंकको १ खर्ब ३१ अर्ब ६७ करोड १६ लाख ३१ हजार रुपैयाँ छ ।

यस्तै कर्जा प्रवाह २ खर्ब ५० अर्ब ८९ करोड ९६ लाख २ हजार रुपैयाँ रहनेछ । हाल लक्ष्मी बैंकले १ खर्ब ३१ अर्ब ४६ करोड ५१ लाख १४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ भने सनराइजले १ खर्ब १९ अर्ब ४३ करोड ४४ लाख ८८ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

मर्जपछि बैंकको नाफा २ अर्ब ४३ करोड ६३ लाख १३ हजार रुपैयाँ पुग्नेछ । लक्ष्मी बैंकको चैत मसान्तसम्मको नाफा १ अर्ब २६ करोड ५३ लाख ४५ हजार रुपैयाँ छ भने सनराइज बैंकको १ अर्ब १७ करोड ९ लाख ६८ हजार रुपैयाँ छ ।

मर्जरपछि शाखा संख्या २७२ पुग्नेछ । हाल लक्ष्मी बैंकका १३३ र सनराइजका १३९ शाखा छन् । यस्तै बैंकमा कर्मचारी संख्या ३ हजार १७० पुग्नेछन् । हाल लक्ष्मीमा १ हजार ५८४ जना र सनराइजमा १ हजार ५८६ जना कर्मचारी छन् ।


क्लिकमान्डु