लेखा समितिले भन्यो- त्रिपुरेश्वर-नागढुङगा सडकखण्ड ३ महिनाभित्र बनाऊ



काठमाडौं । काठमाडौं छिर्ने मुख्य नाका त्रिपुरेश्वर-नागढुङ सडकखण्ड निर्माणमा ढिलाई गरेको भन्दै संससदको लेखा समितिले तीन महिना भित्र निर्माणकार्य सम्पन्न गर्न निर्देशन दिएको छ ।

समितिको आइतबारको बैठकमा विवाद भए तत्कालन समाधान गरी तीन महिना भित्र निर्माणसम्पन्न गर्न सरोकारवाला निकायलाई निर्देशन दिएको हो ।

तर निर्माण तथा सडक विस्तरमा सहभागी सरकारी निकायहरुले भने सर्वोच्च अदालतले सडकखन्डको ८४ स्थानमा अन्तरिम आदेश खारेज नभएसम्म काम थाल्न समेत नसकिने जनाएका छन् ।

सडक निर्माण-विस्तारमा काठमाडौं उपत्यका विकास प्राधिकरण, सडक विभाग, काठमाडौ महानगरपालिका, दूरसंचार विद्युत प्राधिकरण निकाय संग्लन रहेका छन् । उक्त सडकखन्ड १८ महिनामा निर्माणसम्पन्न गर्नेगरी दुई वर्ष अगाडि सुरु गरिएको थियो । तर हालसम्म ५० प्रतिशत काम समेत सम्पन्न भएको छैन ।


क्लिकमान्डु