लगानी भित्र्याउन नीतिगत र संरचनागत सुधारका लागि सरकार तयार: अर्थमन्त्री



काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले वैदेशिक लागनी भित्र्याउनका लागि नीतिगत र संरचानागत सुधारका लागि सरकार तयार रहेको बताएका छन् ।

नेपालमा आर्थिक विकासका लागि दिगो लगानीका स्रोत र सम्भावनाको खोजी गर्ने उद्देश्यसहित काठमाडौंमा ‘इन्टरनेशनल कन्फ्रेन्स अन फाइनान्सिङ फर नेपाल’ सुरु भएको कार्यक्रममा अर्थमन्त्री डा महतले नेपाललाई स्रोत र साधानको आवश्यकता भएकोमा कुनै शंका नरहेको बताए ।

नेपालमा सम्भावना र आकर्षक वातावरण हुँदाहुँदै पनि स्रोतको उपलब्धतता अहिलेसम्म आवश्यकता अनुसार नभएको उनको भनाइ थियो ।

उदार अर्थतन्त्र, लोकतान्त्रिक व्यवस्था र अहिलेसम्म कहिलै डिफल्ड नभएको र कुनै पनि विदेशी कम्पनीको प्रतिफल नरोकिएको जस्ता आकर्षक ऐतिहासिक ट्रा्यक नेपालसँग भएको उनको भनाइ छ। विकासको सम्भावना र आवश्यकता, युवा जनसंख्या जस्ता थप आकर्षण भएको अर्थमन्त्रीको भनाइ छ ।

आवश्यक नीतिगत तथा संरचनागक व्यवस्था अहिलेप नि रहेको र आवश्यकताअनुसार सरकारले सुधार गर्न तयार रहेको डा महतले बताए ।

‘लगानी ग्याप फिलका लागि आवश्यक स्रोतको पूर्तिका लागि कुनै पनि नवीन वित्तीय स्रोतको मोडललाई हामी स्वागत गर्छौं । त्यसका लागि नीतिगत र संरचानागत सुधारका लागि हामी प्रतिबद्ध छौं । स्रोत आएपछि कसरी उत्कष्ट परिचालन गर्छौं भनेर हामी देखाउँछौं’ मन्त्री महतले भने।

सन् २०३० मा मध्यम आय भएको मुलुकमा स्तरोन्नति हुने हो भने अहिले लगानीको ठूलो खाडल रहेको काठमाडौं विश्वविद्यालयका रजिष्टार अर्थशास्त्री प्राडा अच्युत वाग्लेको भनाइ छ ।

मुलुकको विकास तथा अर्थतन्त्रको दिगो विस्तारका लागि स्वदेशी स्रोत र उपकरणबाटमात्र होइन सरकारलेमात्र लगानी गरेर पनि नहुने उनको भनाइ छ।

दिगो विकासका लागि आवश्यक स्रोतको अहिले नै गणितीय ग्याप उच्च रहेको र यसलाई पूरा गर्नकै लागि पनि सरकार र निजी क्षेत्र मिलेर स्रोतको खोजी र परिचालनको मोडलमा जानुपर्ने उनको भनाइ छ।

‘अहिलेसम्म सरकारले सुत्रबद्ध विदेशी सहायता परिचालन गर्दै आएको छ। निजी क्षेत्रले विदेशी स्रोतमाथिको पहुँच न्यून छ। यस्तोमा अब निजी तथा सकरारी क्षेत्रकले सयुक्त रुपमा लगानीका स्रोत तथा उपकरणको खोजी गर्नैपर्छ यदि हामी मध्यम आयको भएको मुलुकमा जाने हो भने’ उनले भने।

पछिल्लो समय ब्लेन्डेड फाइनान्सको उपरकण प्रचलनमा मात्र होइन निकै सम्भावना भएको उपकरण भएको उनको भनाइ छ।

कार्यक्रममा स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालका प्रमुख कार्यकारी अधिकृत अनिर्वाण घोष डस्टिडारले नेपालमा लगानीको सम्भावना र आवश्यकता पनि भएको उल्लेख गरे । नेपालमा लाभदायक क्षेत्रहरू पनि उत्तिकै भएको र आवश्यकता पनि उत्तिकै भएको उनको भनाइ छ ।

एसडीजी उद्देश्य, जलवायु परिवर्तनका मुद्दाका कारणले थप र दिगो विकासका लागि लगानी आवश्यक भएको उनको भनाइ छ। त्यस्तै लाभदायक क्षेत्रहरू पनि उत्तिकै रहेको उनको भनाइ छ । यसका लागि स्रोतको खोजीमा सिर्जनशील बन्नका लागि सम्मेलन आयोजना भएको उनको भनाइ छ ।

निजी वैदेशिक लगानी तथा सार्वजनिक निजी साझेदारीको माध्यमबाट लगानी व्यवस्थापन गर्ने महात्वकांक्षी लक्ष्यसहित अघि बढेको लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशिल भट्टले बोर्डले रणनीतिक योजना अन्तर्गत नै यो सम्मेलन आयोजना गरेको जानकारी दिए। धेरैभन्दा धेरै लाभदायक सम्भावनाको खोजीमा यो सम्मेलन केन्द्रित हुने उनको भनाइ छ ।

‘बोर्डले अहिले नै ऊर्जा क्षेत्रमा ठूलव विदेशी लगानी व्यवस्थापन गरिरहेको छ। अझै पनि अबको चार तीन वर्षभित्रकै अर्बौंको लगानी ल्याउने लक्ष्य लिएका छौं। त्यसका लागि पनि यो सम्मेलनमा हुने बहस उपयोगी हुनेछ’ उनले भने ।

नेपालका लागि आवश्यक वित्तीय स्रोतको खोजी, अहिलेसम्मका अभ्यास र आगमी दिनमा सरकराले लिनुपर्ने नीतिका बारेमा सरोकारवालाहरूबीचमा छलफल हुने छ । नेपालका लागि सम्भावित लगानीका उपकरण र स्रोतका बारेमा निजी क्षेत्र, सरकार र दातृ निकायलाई एकै ठाउँमा राखेर छलफल गर्ने उद्देश्यसहित सम्मेलन आयोजना भएको हो ।

नेपालका लागि आवश्यक विकास र त्यसका लागि आवश्यक लगानीका बारेमा छलफमात्र नभएर ठोस मार्ग पहिचानका लागि छलफल हुनेछ। लगानीका लागि नयाँ मार्गको खोजी गर्ने ठोस उद्देश्यहसति सम्मेलन सुरु भएको हो ।

लगानी बोर्डको कार्यालय र स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालको सयुक्त आयोजनामा सुरु भएको यो कन्फ्रेन्समा चारवटा विषयमा छलफल हुनेछ । पहिलो सेसनमा वित्तीय स्रोतको परिचालन र प्रत्यक्ष विदेशी लगानीका विषयमा छलफल हुनेछ। दोस्रो सत्रमा लगानीका लागि शासकीय व्यवस्थाका बारेमा छलफल हुनेछ । नेपालमा लगानीका लागि भएका कानूनी, संस्थागत र संरचागत व्यवस्था र त्यसको कार्यान्वयनको अवस्थाका बारेमा छलफल हुनेछ ।

तेस्रो सत्रमा विकास परियोजनाहरूमा लगानीका उपकरणका बारेमा छलफल हुनेछ। विकासका लागि आवश्यक स्रोतको व्यवस्थापन र अहिलेसम्मका बिकल्प र उदयीमान अन्य उपकरणका बारेमा यो सत्रमा छलफल हुनेछ । चौथो तथा अन्तिम सत्रमा लगानी तथा वित्त परिचालनका बाधक र त्यस्ता बाधक हटाएर सहजीकरण गर्नका लागि के गर्न सकिन्छ भन्ने विषयमा छलफल हुने कार्यकातालिका रहेको छ ।

सम्मेलनमा सरकारी विभिन्न निकायका जिम्मेवार सरकारी अधिकारीहरू, विकास साझेदार निकायका प्रतिनिधि, अर्थशास्त्री, विकास विज्ञहरूको सहभागिता हुनेछ ।

निजी क्षेत्र, सरकार तथा दातृन निकायलाई एकै ठाउँमा ल्याएर लगानीका उपकरण तथा स्रोतका सम्भावनाका बारेमा छलफल हुने छ। नेपालमा हालसम्म लगानीका परम्परागत उपकरणमात्र सरकारले परिचालन हुँदै आएको छ । वैदेशिक ऋण तथा सहायता र निजी लगानीका रुपमा वैदेशिक स्रोतको परिचालन भइरहेको छ ।

अहिलेसम्मका लगानीका स्रोत र उपकरणहरूले नेपालको विकासका लागि आवश्यक स्रोतको माग धान्न कठिन भइरहेको छ। सार्वजनिक तथा निजी क्षेत्रका लागि पुँजी परिचालनको माग बढ्दै गएको तर अन्तर्राष्ट्रिय क्षेत्रमा उदय भएका लगानीका स्रोत तथा उपकरणमाथि पहुँच पुग्न सकेको छैन ।

सम्मेलनमा विश्वमा उदय भएका र सफल अभ्यास भइरहेका त्यस्ता लगानीका सम्भानाको खोजी, दिर्घकालीन परियोजनामा लगानीका बारेमा छलफल हुनेछ ।

लगानी बोर्डको कार्यालयका सहसचिव अमृत लम्सालले विश्व अर्थतन्त्रसँगै नेपाली अर्थतन्त्रमा थुप्रै चुनौति देखिएको र यस्तोमा लगानीको आवश्यकता अझ बढेपनि स्रोतको संकुचन कायमै रहेको बताए । यस्तोमा लगानीका नयाँ उपकरणमा ब्लेन्डेन्ड फाइनान्स तथा लगानीका नयाँ समाधानमुखी उपकरण आवश्यक रहेको उनको भनाइ छ । यो सम्मेलन त्यस्ता सम्भावनाको खोजीमा केन्द्रित हुने उनले बताए ।


क्लिकमान्डु