एक वर्षमा विदेशी मुद्राको सञ्चिति १९% ले बढ्यो, १९ महिनापछि ११ अर्ब डलर माथि



काठमाडौं । एक वर्षको अवधिमा विदेशी मुद्राको सञ्चिति १९ प्रतिशतले बढेको छ ।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार २०७८ चैतमा ९ अर्ब २८ करोड डलर रहेको विदेशी मुद्राको सञ्चिति एक वर्षको अवधिमा बढेर ११ अर्ब डलर माथि पुगेको छ ।

अमेरिकी डलरमा विदेशी मुद्राको सञ्चिति १९ महिनापछि कै राम्रो अवस्थामा पुगेको छ । यसअघि २०७८ भदौमा विदेशी मुद्राको सञ्चिति ११ अर्ब १४ करोड अमेरिकी डलर माथि थियो ।

त्यसबखत राष्ट्र बैंकले लिएको विस्तारकारी मौद्रिक नीतिका कारण ७ महिनामा विदेशी मुद्राको सञ्चिति १७ प्रतिशतले घटेर २०७८ चैतमा ९ अर्ब २७ करोड डलर पुगेको थियो ।

राष्ट्र बैंकले २०७८ फागुनदेखि मौद्रिक नीतिमा कडाइ गरेपछि एक वर्षको अवधिमा विदेशी मुद्राको सञ्चिति १८.५ प्रतिशतले बढेको हो ।

चैत महिनामा रुपैयाँ रेमिट्यान्स आप्रवाह १ खर्ब १० अर्ब रुपैयाँ पुगेको अवस्थामा आयात गत वर्षभन्दा १६ प्रतिशतले घटेकाले विदेशी मुद्राको सञ्चिति बढेको स्रोतले जानकारी दियो ।


क्लिकमान्डु