खुद बिमाशुल्क ४३ प्रतिशतले बढेको अजोड इन्स्योरेन्सले कमायो १० करोड ४७ लाख नाफा



काठमाडौं । अजोड इन्स्योरेन्सले चालू आर्थिक वर्षको तेस्रो त्रैमासको अवधिमा ५२ करोड २ लाख रुपैयाँ खुद बिमाशुल्क संकलन गरेको छ ।

समीक्षा अवधिमा इन्स्योरेन्सको खुद बिमाशुल्क ४३.२४ प्रतिशतले बढेको हो । गत आवको चैतसम्ममा इन्स्योेरेन्सले ३६ करोड ३१ लाख रुपैयाँ खुद बिमाशुल्क संकलन गरेको थियो ।

इन्स्योरेन्सले यस अवधिमा १० करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिको तुलनामा इन्स्योरेन्सको खुद नाफा ११.२९ प्रतिशतले बढेको हो । गत आवको चैतसम्ममा इन्स्योरेन्सले ९ करोड ४१ लाख रुपैयाँ नाफा कमाएको थियो ।

कम्पनीले यस अवधिमा पुनर्बिमा कमिशन आयबाट १७ करोड ९० लाख र लगानी कर्जा तथा अन्य आयबाट ४ करोड ३८ लाख रुपैयाँ आम्दानी गरेको छ ।

यस्तै, यस अवधिमा अभिकर्ता कमिशन खर्च शिर्षकमा ३ करोड २८ लाख रुपैयाँ र दाबी भुक्तानी खुदमा २३ करोड ४९ लाख रुपैयाँ खर्च भएको जनाएको छ ।

कम्पनीले यस अवधिमा १ लाख ४ हजार ९०९ वटा बिमालेख जारी गरी १ अर्ब ४४ करोड ३१ लाख रुपैयाँ कुल बिमाशुल्क संकलन गरेको छ । ४ हजार ३५८ वटा कुल दाबीवापत ७ करोड १२ लाख रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ । यस्तै, ४ हजार ८११ वटा बिमा दाबीवापत ६ करोड ७५ लाख रुपैयाँ कुल दाबी भुक्तानी गर्न बाँकी छ ।

कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी १३.६९ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १४४.८१ रुपैयाँ छ ।

१ अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा तथा कोषमा २० करोड ३८ लाख रुपैयाँ र बिमा कोषमा २२ करोड ३९ लाख रुपैयाँ सञ्चित छ ।


क्लिकमान्डु