नक्कली भुटानी शरणार्थी प्रकरणमा गहिरोसँग अनुसन्धान होस्, कोही छुट्न हुँदैन: गगन थापा



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नक्कली भुटानी शरणार्थी बनाएर लैजाने ठगी प्रकरणको गहिरोसँग अनुसन्धान हुनु पर्ने बताएका छन् ।

अनुसन्धानका क्रममा ‘ठगी गिरोहको भीआईपी जालो’ उजागर हुँदै गएको बताउँदै थापाले यो प्रकरणमा गृह प्रशासनको प्रयास प्रशंसनीय रहेको उल्लेख गरेका छन् । यो घटना नभएर प्रवृत्ति रहेको थापा बताउँछन् ।

घटनाबारे गहिरोसँग अनुसन्धान हुनु् पर्ने र को पनि छुट्न नहुने उनको धारणा छ ।

‘नक्कली भुटानी शरणार्थी बनाएर लैजाने ठगी प्रकरणको अनुसन्धानका क्रममा ‘ठगी गिरोहको भीआईपी जालो’उजागर हुँदै गएको छ । यो प्रकरणमा गृह प्रशासनको प्रयास प्रशंसनीय छ’थापाले ट्वीटमा लेखेका छन्, ‘यो घटना होइन प्रवृत्ति हो । अझै गहिरोसँग अनुसन्धान होस् । कोही नछुटुन् । संलग्न जोसुकै,जुनसुकै ओहदा र शक्तिको होस्,कानुनभन्दा माथि कोही हुँदैन ।’


क्लिकमान्डु