प्रिमियम मूल्यमा आईपीओ ल्याउन लागेको आइएमई लाइफको नाफा ७८.८८% ले बढ्यो



काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अवधिमा १८ करोड २४ लाख ५० हजार रुपैयाँ नाफा कमाएको छ । जुन गत आवको सोही अवधिको तुलनामा ७८.८८ प्रतिशतले धेरै हो ।

यस अवधिमा इन्स्योरेन्सले २ अर्ब ८९ करोड ४ लाख ४५ हजार रुपैयाँ खुद बिमाशुल्क संकलन गरेको छ । समीक्षा अवधिमा खुद बिमाशुल्क २१.४९ प्रतिशतले बढेको हो । गत आवको तस्रो त्रैमासको अवधिमा इन्स्योरेन्सले २ अर्ब ३७ करोड ९२ लाख रुपैयाँ खुद बिमाशुल्क संकलन गरेको थियो ।

इन्स्योरेन्सले यस अवधिमा लगानी, कर्जा तथा अन्य आयबाट ४३ करोड ६९ लाख ६० हजार रुपैयाँ र बिमालेखको धितोमा कर्जाबाट ३ करोड ६३ लाख २३ हजार रुपैयाँ आम्दानी गरेको छ ।

यस्तै, इन्स्योरेन्सले यस अवधिमा अभिकर्ता कमिशन खर्च शिर्षकमा ३२ करोड ६२ लाख १३ हजार रुपैयाँ र कर्मचारी बोनस व्यवस्थाका लागि २ करोड २ लाख ७२ हजार रुपैयाँ छुट्याएको छ ।

इन्स्योरेन्सले हालसम्म १२ अर्ब २५ करोड २ लाख ४ हजार रुपैयाँ कुल बिमाशुल्क संकलन गरेको छ । यस्तै, यस त्रैमासमा कम्पनीले २ अर्ब ९ करोड ५८ लाख ५७ हजार रुपैयाँ कुल बिमाशुल्क संकलन गरेको छ ।

हालसम्म कम्पनीमा कुल कायम रहेको बिमालेखको संख्या ३ लाख ५३ हजार १३७ वटा छ । यस्तै, यस त्रैमासमा कुल कायम रहेको बिमालेखको संख्या १ लाख २९ हजार ५९८ वटा छ ।

इन्स्योरेन्स यस अवधिमा ४८७ वटा कुल बिमा दाबीवपात ८३ करोड ४७ लाख १५ हजार रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ ।
समीक्षा अवधिमा इन्स्योरेन्सको चुक्ता पुँजी शतप्रतिशतले बढेर २ अर्ब ८० करोड रुपैयाँ र जगेडा तथा कोषको आकार ८०.७७ प्रतिशतले बढेर १ अर्ब १० करोड रुपैयाँ र जीवन बिमा कोषको आकार ४३.०९ प्रतिशतले बढेर ६ अर्ब ७ करोड ७३ लाख रुपैयाँ पुगेको छ ।

इन्स्योरेन्सले १०० रुपैयाँ अंकित मूल्यमा थप १७६ रुपैयाँ प्रिमियम मूल्यसहित प्रतिकित्ता २७६ रुपैयाँमा आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

इन्स्योरेन्सले प्रतिकित्ता २७६ रुपैयाँका दरले ३ अर्ब ३१ करोड १२ लाख रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता सेयर निष्काशन गर्नेछ । आईपीओ निष्काशन पश्चात इन्स्योरेन्सको चुक्ता पुँजी ४ अर्ब रुपैयाँ पुग्नेछ ।


क्लिकमान्डु