सहकारी समस्या समाधानका लागि १३ बुँदे माग, पूरा नभए जेठ पहिलो साताबाट आन्दोलनको चेतावनी (मागसहित)
काठमाडौ । सहकारी समस्या समाधान संयोजन समितिले सहकारीमा देखिएको समस्या समाधान गर्न सरकारसमक्ष १३ बुँदे माग पेस गरेको छ ।
समिति संयोजक ओमदेवि मल्लले सहकारीमा देखिएको समस्या समाधान गर्न सरकारसँग १३ बुँदे माग पेस गरेको बताइन् । माग पत्र १७ गते सहकारी मन्त्रालय, सबै जिल्ला, प्रदेशमा मागपत्र बुझाउने बताइन् । आफ्नो माग सरकारले पूरा नगरे जेठ २ गतेबाट आन्दोलनमा जाने चेतावनी दिइन् ।
मागपत्रमा व्यक्तिको बचतको सीमा २५ लाख हटनुपर्ने, अहिलेको सन्दर्भ ब्याजदर खारेज गरेर नयाँ लागू गर्नुपर्ने लगायत छन् ।
सहकारी चलाउन नसक्नेले सहकारी बचाउ अभियान चलाएको स्मरण गराइन् ।
सहकारी महासंघका सञ्चालक राजेन्द्र पौडेलले बैंकमा समस्या समाधान हुँदै गए पनि सहकारीमा समस्या समाधान नभएको बताए । शहरका सहकारीमा समस्या बढी रहेको उनले बताए ।