बैंककाे ब्याजदर घट्दा आर्थिक गतिविधि बढ्दै गयो: गभर्नर



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकले ब्याजदर घटाउँदा आन्तरिक आर्थिक गतिविधि बढ्दै जान थालेको बताएका छन् ।

बिहीबार राष्ट्र बैंकको ६८ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा गभर्नर अधिकारीले यस्तो बताएका हुन् । उनले यो वर्ष बैंकको कार्यसम्पादन उत्कृष्ट बनाउन विनियमावली संशोधन गरेको बताए ।

१० बिलासी बस्तुको आयात रोकेको स्मरण गराउँदै उनले राष्ट्र बैंकको प्रयासले गत असोजबाट शोधनान्तर स्थितिमा सुधार भएको बताए । अहिले शोधानान्तर र विदेशि विनिमय सुधारका कारण ब्याजदर घटन लागेको बताए ।

उनले पछिल्लो समय वित्तीय स्थिति सुधार हुँदै गएको दाबी गरे । वित्तीय ग्राहक, सम्पत्ति सम्बन्धि कानुनको मस्यौदा तयार रहेको उनले जानकारी दिए ।

गभर्नर अधिकारीले अहिले निक्षेप र आधारदर घटेको बताए । यो वर्ष बैंक तथा वित्तीय संस्थाको संख्या उल्लेख घटेको उनले बताए । अब १ स्थानीय तहमा बैंकको शाखा पुग्न बाँकी रहेको उनको भनाइ छ ।


क्लिकमान्डु